हरिश भट्ट काठमाडौँ ः आज काठमाडौँको माईतिघर मण्डलामा स्वतन्त्र युवाले साँसद विकाश कोषका विरोध गरेका छन ।
यो देशका साँसद,कर्मचारी,नेताहरुले त तलब खाने, निति निर्माण गर्ने ,जन्ताको पक्षमा आवाज उठाउने,सरकारलाई पार्दर्शि बनाउने कामहरु छोडेर विभिन्न् तरिकाले पैसा आफ्नो हातमा पार्ने काममा अग्रसर भएका छन । अहिले पनि ५ करोडको थैलो बोकेर आफ्ना निर्वाचन क्षेत्रका जन्तालाई भ्रमित पार्नमा जोड दिएका छन ।
८४ को चुनावमा दक्ष्जनशक्ती भएका,आर्थिक स्थिति कमजोर भएका,देश बनाएर देखाउछु भन्ने व्यक्तिीलाई प्रतिनिधिबाट वञ्चित गर्नु मात्र यो कोषको स्थापना भएको आरोप लगाएका छन ।
अब ५ करोडले जन्ता किन्ने मात्र काम हुन्छ त्यसकारण यो निर्णय देशद्रोही छ । लोकतन्त्र र संविधान बिरुद्ध छ भन्दै नाराबाजी गर्दै माईतिघर मण्डलामा स्वतन्त्र युवाहरुले प्रर्दशन गरेको हो ।