हरिश भट्ट काठमाडौँ ः बैतडीको मेलौली बिशालपुरमा एकदिने पशु स्वास्थ्य शिबिर सञ्चालन हुने भएको छ। मेलौली नगरपालिका-०९ बिशालपुर माबिको प्राङ्गणमा भोली एकदिने पशु स्वास्थ्य शिबिर सञ्चालन हुने बताए।
मेलौली नगरपालिकाको पशु सेवा शाखाको आर्थिक बर्ष २०७९/८० को बार्षिक स्वकृत कार्यक्रम अनुसार एकदिने पशु स्वास्थ्य शिबिर सञ्चालन हुने प्रमुख प्रशासकिय अधिकृत सपना कार्किले जानकारी दिए। शिबिरमा पशुहरुको आन्तरिक तथा बाह्य पर्यटक परजिबिहरुको औषधि बितरण र पशु बन्ध्याकरण लगायतका सेवाहरु प्रदान गरिने उनले बताए।
शिबिरमा आई सेवाको फाईदा लिन अनुरोध गरिएको छ। शिबिर बिहान १० बजेदेखि अपराहन्न् ४ बजेसम्म सञ्चालन हुने जनाईएको छ।