हरिश भट्ट काठमाडौँ ः बैतडीको मालिका माध्यमिक विद्यालय भटनाको प्रधानाध्यापकको जिम्मेवारी हरिचन्द्र भट्टलाई दिइएको छ।
जिल्लाको पुर्चौडी नगरपालिका–४ मा अवस्थित उक्त मा.वि. को प्रधानाध्यापकमा भट्टलाई सर्वसम्मत रूपमा बिहीबार नियुक्त गर्ने निर्णय गरिएको हो। केही दिन अगाडी मात्रै उक्त विद्यालयका प्रधानाध्यापक कृष्णानन्द भट्ट अनिवार्य अवकाश (निवृत्त भरण)मा गएपछि सोही विद्यालयमा नि.मा.वि. राहत कोटामा कार्यरत अङ्ग्रेजी विषयका शिक्षक हरिचन्द्र भट्टलाई प्रधानाध्यापकमा नियुक्त गरिएको छ।
वि.सं. २०१६ सालमा स्थापना भएको उक्त विद्यालयले यस अघि छ जना प्रधानाध्यापक पाई सकेको छ भने हरिचन्द्र भट्टले सातौँ प्रधानाध्यापकको रूपमा जिम्मेवारी ग्रहण गरेका हुन्।