बैतडी- एक हप्ता अगाडी बैतडीमा फेला परेको बेवारीसे शवको सनाखत हुन नसकेपछि अन्तेष्टि गरिएको छ । शिबनाथ गाउँपालिका–२ खैरेनि नजिक महाकाली नदीको किनारमा गत शुक्रबार फेला परेको अन्दाजी ३५वर्षीय पुरुषको शव सनाखत हुन नसकेपछि अन्तेष्टि गरिएको हो ।
सडेको अवस्थामा भेटिएका ती पुरुष को हुन भन्ने अझै पहिचान हुन नसकेपछि अन्तेष्टि गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो । शव भेट्टिएको एक हप्तासम्म पनि कोहि नआएपछि अन्तेष्टि गरिएको हो । घटनास्थलबाट ल्याएर उक्त शव जिल्ला अस्पतालमा राखिएको थियो । मृत भेटिएका पुरुषको शरिरमा कालो पाईन्ट, निलोकालो कलरको कलरवाला टिसर्ट रहेको थियो ।