क्रिकेट विश्वकप– ग्लोबल छनोटको दोस्रो अभ्यास खेलमा नेपाललाई ओमानले दुई सय ६८ रनको लक्ष्य पाएको छ।
जिम्बाब्वेको हरारेमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले जिम्बाब्वेलाई ४९.२ ओभरमा अल आउट गर्यो।
नेपाललाई जितका लागि ५० ओभरमा दुई सय ६८ रन आवश्यक छ। पहिलो अभ्यास खेलमा युएईसँग पराजित नेपाल आज जितसहित मनोबल उठाउने तयारीमा हुनेछ। जिम्बाब्वे भ्रमणअघि नेपालले अभ्यासका लागि दक्षिण अफ्रिका भ्रमण गरेको थियो।
जहाँ नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई नतिजा सुम्पिएको थियो। नेपाली टिम त्यतैबाट हरारे पुगेको हो।
जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटमा आयोजक जिम्बावे, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युएई, अमेरिका र वेस्ट इन्डिज गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन्।
नेपालले जुन १८ मा घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले जुन २० मा अमेरिका २२ जुन मा वेस्ट इन्डिज र २४ जुन मा नेदरल्यान्ड्ससँग खेल्नेछ।
सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका तथा समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड,स्कटल्यान्ड, ओमान र युएई छन्।
समूह चरणमा हरेक टिमले चार खेल खेल्नेछन्। प्रत्येक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।