काठमाडौं । कार्यालय समयमा बाहिर निस्किने कर्मचारीहरूको विवरण सङ्कलन गर्न थालिएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार गेटमा बसेर कार्यालय समयमा बाहिर निस्किने कर्मचारीहरूको विवरण टिप्न थालेको हो ।
सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेपछि सतर्कता केन्द्रले कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको नाम र आइडी कार्डको विवरण राख्न थालेको बताइएको हो ।