बैतडीको सुर्नया गाउँपालिका–२ ले डस्टबिन वितरण गरेको छ । सतबाँझ बजार क्षेत्रलाई सफा राख्न र बजार क्षेत्रबाट निस्कने फोहरलाई संकलन गरि व्यवस्थापन गर्न सोमबार डस्टबिन वितरण गरिएको वडाअध्यक्ष गणेश बहादुर बिष्टले जानकारी दिए ।
सतबाँझ बजार क्षेत्रमा सञ्चालनमा रहेका पसलहरूलाई डस्टबिन वितरण गरिएको वडा कार्यालयले जनाएको छ।