बैतडीको मेलौलीमा आज नेपाली कांग्रेसको वडा सम्मेलन सम्पन्न भएको छ। नगरपालिका भरिका ९ ओटै वडामा वडा सम्मेलन सम्पन्न भएको नेपालि कांग्रेस मेलौली नगर कार्य समिति सभापति प्रमानन्द भट्टले बताए।
वडातहमा पार्टीको संरचना र पार्टी सुदृढीकरण, संगठन बिस्तारका लागि सम्मेलन थालिएको सभापति भट्टले बताए। सम्मेलनले कांग्रेसलाई गतिशील बनाउनका लागि महत्वपूर्ण भूमिका निर्बाह हुने बिश्वास गरिएको छ।
सम्मेलनमा कांग्रेसको संगठनको अवस्था, पार्टीको संरचना, पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, संगठन विस्तारका लागि अपनाउनु पर्ने रणनीतिका बिषयमा छलफल भएको जनाईएको छ। यस्तै पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा पनि सम्मेलनमा छलफल भएको नेपालि कांग्रेस मेलौली नगर कमिटिले जनाएको छ।
सम्मेलनका लागि प्रत्येक वडामा दुई दुई जना प्रतिनिधि खटाईएको थियो। मेलौली नगरपालिका–०१ मा प्रमानन्द भट्ट, सुरत नेगि, ०२ मा महेश दत्त भट्ट, राजेश जोशी, ०३ मा बिबेकानन्द पाण्डेय, देवदत्त भट्ट, ०४ मा सुरत पार्की, राज बहादुर चन्द, ०५ मा शेरी राम पार्की, उद्वव चन्द, ०६ मा गणेश दत्त भट्ट, लक्ष्मण पन्त, ०७ मा श्रबण सिंह ठगुन्ना, राजेन्द्र कार्की, ०८ मा राजु भट्ट, रमेश ओझा र ०९ लोकमणि भट्ट, बिनोद बिष्टलाई खटाईएको हो।
भोली पालिका सम्मेलन हुने जनाईएको छ। पालिका सम्मेलन सम्पन्न भएपछि असार २ गते जिल्ला सम्मेलनको आयोजना गरिने नेपाली कांग्रेस बैतडीले जनाएको छ।