अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेठ वक्तव्यमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै छन् ।
प्रतिनिधिसभा बैठकको सुरुदेखि नै अर्थमन्त्री महतले जवाफ दिन सुरु गरेका छन् । १५ जेठमा प्रतिनिधिसभामा पेश भएको बजेटमाथि सांसदहरुले छलफलमा भाग लिँदै विभिन्न प्रश्न उठाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटले अहिलेको आर्थिक समस्या समाधान नगर्ने भन्दै समर्थन गर्न नसक्ने बताएको छ ।