मेलौलीमा भोलि नेपाली कांग्रेसको वडा सम्मेलन हुने भएको छ। नगरपालिका भरिका ९ ओटै वडामा वडा सम्मेलन हुने जनाईएको छ। वडातहमा पार्टीको संरचना र पार्टी सुदृढीकरण, संगठन बिस्तारका लागि सम्मेलन थालिएको हो। यसले कांग्रेसलाई गतिशील बनाउनका लागि महत्वपूर्ण भूमिका निर्बाह हुने बिश्वास गरिएको छ।
सम्मेलनमा कांग्रेसको संगठनको अवस्था, पार्टीको संरचना, पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, संगठन विस्तारका लागि अपनाउनु पर्ने रणनीतिका बिषयमा छलफल हुने जनाइएको छ। यस्तै पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा पनि सम्मेलनमा छलफल हुने नेपालि कांग्रेस मेलौली नगर कमिटिले जनाएको छ।
सम्मेलनका लागि प्रत्येक वडामा दुई/दुई जना प्रतिनिधि खटाईएको छ। मेलौली नगरपालिका–०१ मा प्रमानन्द भट्ट, सुरत नेगि, ०२ मा महेश दत्त भट्ट, राजेश जोशी, ०३ मा बिबेकानन्द पाण्डेय, देवदत्त भट्ट, ०४ मा सुरत पार्की, राज बहादुर चन्द, ०५ मा शेरी राम पार्की, उद्वव चन्द, ०६ मा गणेश दत्त भट्ट, लक्ष्मण पन्त, ०७ मा श्रबण सिंह ठगुन्ना, राजेन्द्र कार्की, ०८ मा राजु भट्ट, रमेश ओझा र ०९ लोकमणि भट्ट, बिनोद बिष्टलाई खटाईएको छ।
भोलि वडा सम्मेलन सकिएपछि पर्सि पालिका सम्मेलन हुने जनाईएको छ। पालिका सम्मेलन सम्पन्न भएपछि असार २ गते जिल्ला सम्मेलनको आयोजना गरिने नेपाली कांग्रेस बैतडीले जनाएको छ।