बैतडीका जेष्ठ नागरिक दौड प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ७ मा वडा स्तरिय जेष्ठ नागरिक दौड तथा खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
वडास्तरिय खेलकुद विकास समितिको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा शनिबार सो खेलकुद कार्यक्रम सम्पन्न भएको वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र भट्टले बताए ।
उनका अनुसार ७ जना जेष्ठ महिला तथा ६ जना जेष्ठ पुरुष गरि दौड प्रतियोगितामा १३ जना जेष्ठ नागरिकको सहभागिता थियो ।
सो प्रतियोगितामा महिला तर्फ प्रथम हुनेमा पशुपति अवस्थि, दित्तिय सुर्मादेवि कार्की र त्रित्तिय धना चन्द ठगुरानि रहेका छन् । यस्तै पुरुष तर्फ प्रथम हुनेमा इन्द्र सिहं कार्की, द्धित्तिय शेरी चन्द र त्रित्तिय कृष्ण सिंह भाट रहेका छ ।
दौड प्रतियोगितामा करकट्टी हुने गरि प्रथम पुरुष्कार ८ हजार, द्धित्तिय ५ हजार र त्तित्तिय ३ हजारसहित मेडल र प्रमाणपत्र दिइएको थियो । यस्तै अन्य सहभागि जेष्ठ नागरिकहरुलाई पनि करकट्टी हुने गरि नगद ७ सय तथा मेडल र प्रमाणपत्र दिइएको भट्टले बताए ।
यस्तै वडास्तरिय खुल्ला भलिबल प्रतियोगितामा महिला तर्फ प्रथम न्यु गाउँकोट, द्धित्तिय काणा र त्रित्तिय भरतपुर मावि गाउँकोट भएको थियो ।
पुरुष तर्फ प्रथम रोयल गाउँकोट, द्धित्तिय ब्राइड तोल्या र त्रित्तिय पच्कोरा बी भएको थियो ।
महिला पुरुष दुवै समुहलाई करकट्टी हुनेगरि प्रथम पुरुष्कार १२ हजार, द्धित्तिय ९ हजार र त्रित्तिय ६ हजार नगदसहित मेडल तथा प्रमाणपत्र हस्तान्त्रण गरिएको थियो ।
यस्तै उक्त भलिवल प्रतियोगितामा दुरा भट्ट र विनोद चन्द उत्कृष्ट खेलाडि भएका थिए ।
यस्तै वेष्ट स्पाइडर सिता चन्द र नविन चन्द, वेष्ट लिप्टर सरस्वती भट्ट र पकंज चन्द, वेष्ट डिफेन्सर बविता चन्द र धिरेन्द्र चन्द, वेष्ट सर्भर मुन्नि चन्द र रण दयाल भएका थिए ।
यस्तै ब्लकरमा गोविन्द चन्द थिए । कल्पना चन्द र दिनेश रावत अनुशासीत खेलाडि बनेका थिए ।
उक्त भलिवल प्रतियोगितामा १३ विधाका खेलाडिहरुलाई पनि करकट्टी हुने गरि नगद ७ सयसहित मेडल तथा प्रमाणपत्र हस्तान्त्रण गरिएको थियो ।
वडाले भलिवल प्रतियोगिताका लागि १ लाख ५० हजार र जेष्ठ नागरिक दौड प्रतियोगिताका लागि ५० हजार गरि २ लाख रकम सहयोग गरेको वडा अध्यक्ष भट्टल बताए ।