काठमाडौं। संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका विभिन्न विद्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा आइतबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म थाल ठटाएर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा उनीहरुले थाल, घन्टी लगायतका भाँडाकुडा ठटाउँदै नाराबाजी गरेका छन्।
परिषद् आवद्ध कर्माचारीहरु सेवा सुविधा वृद्धिलगायत माग राखि केही सातादेखि आन्दोलन गर्दै आएका छन् । विद्यालयका शिक्षकहरु पनि उनीहरुलाई साथ दिँदै आन्दोलनमामा सहभागी थिए ।
उनीहरुले पम्प्लेटमा संघीय शक्षा ऐन जारी गर, नि: शुल्क शिक्षा लागू गर, बुँदा नम्मर १२७ लागू गर, सर्वोच्चको फैसला कार्यान्वयन गर नारा लगाएका थिए ।
विद्यालयका पियन र लेखापालको न्यूनतम पारिश्रमिकको माग राख्दै विद्यालयका कर्मचारीहरु आन्दोलित बनेका हुन् । सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १२७ मा शिक्षकहरुको सेवा सुविधा बढाउने भनिएको तर बजेटमा त्यस कुरा नआएको भन्दै उनीहरु आक्रोशित बनेका हुन् ।