काठमाडौं । सिन्धुलीको गोलोन्जोरस्थित सुनकोशी नदीमा गाडी खसेपछि बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी)का तीन कर्मचारीमध्ये २ जनाको शव भेटिएको छ । नदीमा खसेको गाडी भेटिएपछि दुई वटा शव पनि फेला परेको हो ।
सिन्धुली प्रहरी प्रमुख राजकुमार सिलवालले शव भेटिए पनि सनाखत हुन बाँकी रहेको बताए । सशस्त्र प्रहरी बल (एपीएफ)को गोताखोर टोलीले बेपत्ताको लगातार खोजी गरिरहेको थियो ।
जेठ १९ गते काठमाडौंबाट खोटाङतर्फ गइरहेको गाडी सुनकोशी नदीमा खसेको थियो । गाडीमा सवार चार जनामध्ये चालक भने पौडेर बाहिर निस्किएका थिए ।
बेपत्ता हुनेमा सीटीईभीटीका निर्देशकद्वय कृष्ण केसी र यमप्रसाद भुर्तेल तथा प्राविधिक अधिकृत भानु पौडेल थिए ।