धनगढीमा ट्रकले रेलिङ पोल भत्काएको छ।
धनगढी उपमहानगरपालिकाको छ लेन सडक खण्डको रेलिङ पोलमा आइतवार ना.६ ख २६२८ नम्बरको ट्रक ठोकिएर पोल भत्किएको हो। क्षति भएको खबर प्राप्त हुनासाथ ट्रकलाई नगर प्रहरीले नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरीलाई बुझाएको छ। क्षति भएको रेलिङ पोललाई ट्रक धनीले सोमवार बनाउने सहमति भएको जानाइएको छ।