सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाको बैठकबाट पारित भएको छ।
मंगलबार राष्ट्रिय सभामा अध्यक्ष गणेश तिमिल्सिनाले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बहुमतले पारित भएको हो।
नीति कार्यक्रम पारित गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाका सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते संघीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी छ।