काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० सांसदले प्रश्न सोधेका छन् । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सबै दलहरुको तर्फबाट आलोपालो सांसदहरुले प्रश्न गरे ।
कांग्रेसका ईश्वरीदेवी न्यौपाने, दीपक गिरी र दिलेन्द्र प्रसाद बडू र रामहरि खतिवडा, एमालेबाट पदम गिरि, विद्या भट्टराई र रघुजी पन्त, माओवादीबाट पूर्णबहादुर घर्ती, रास्वपाबाट शिशिर खनाल, राप्रपाबाट ज्ञानेन्द्र शाहीले प्रश्न गरे ।
यस्तै, जसपाबाट दीपक कार्की, नेकपा एसबाट शेरबहादुर कुँवर, जनमतबाट अमितादेवी, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट चित्रबहादुर केसी, आम जनता पार्टीबाट प्रभु शाह, स्वतन्त्रबाट अमरेश कुमार सिंह र योगेन्द्र मण्डल पनि प्रश्न गरे ।
सांसदहरुको प्रश्नसँगै प्रधानमन्त्रीले जवाफ दिए। सांसदहरुले सोधेको अधिकांश प्रश्नको उत्तर दिएपनि केहीको छले ।