अछामः अछामका पाँच विद्यालय मर्ज भएका छन्। जिल्लाको चौरपाटीका पाँच विद्यालय एक आपसमा गाभिएका हुन्।
विद्यार्थी कम हुँदै गएपछि चौरपाटी गाउँपालिकामा सञ्चालित ती सामुदायिक विद्यालय मर्ज भएका छन्। बैशाख २९ गते बसेको कार्यपालिका बैठकले वडा नम्बर १ को धु्रवतारा आधारभूत विद्यालयलाई सिउडी माध्यमिक विद्यालय, वडा नम्बर ४ का सुर्योदय र नागातोला आधारभूत विद्यालयलाई बैद्यनाथ माविमा र वडा नम्बर ५ को कर्मलोक र ठुलाढंगा आधारभूत विद्यालयलाई दयापिपलतोला माध्यमिक विद्यालयमा मर्ज गरिएको छ।
संघीय सरकारले बनाएको मापदण्ड अनुसार समायोजन गरिएको छ ।