काठमाडौं । काठमाडौंबाट दुबई उडेको फ्लाई दुबईकाे जहाजकाे इन्जिनमा समस्या आएकाे छ । काठमाडाैंबाट उड्नासाथ ठूलाे आवाजसहित पड्केकाे आवाज आएकाे छ ।
१२० नेपालीसहित १६९ जना यात्रु बाेकेकाे फ्लाई दुबईकाे जहाजमा इन्जिनमा आगलागी भएकाे हाे । त्रिभुवन विमानस्थलमा फाेर्स ल्याण्डिङकाे तयारी भइरहेकाे छ ।
त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डिआइजी लालमणी आचार्यले राति ९ बजेर २१ मिनेटमा उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको
जनकारी आएको र केहीबेरअघि सम्म ललितपुरको आकाशमा देखिएको बताए । विमानस्थलमा एम्बुलेन्स र दमकलसहित तयारी अवस्थामा राखिएकाे छ ।