सत्ता गठबन्धनले आज बारा र चितवनमा चुनावी सभा गर्ने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सत्ता गठबन्धन दलका शीर्ष नेता चुनावी सभाका लागि बारा र चितवन जाने कार्यक्रम छ।
बारामा कार्यक्रम गरेपछि आजै चितवनको कालिका नगरपालिका पदमपुरस्थित क्याम्पसको फुटबल मैदानमा अपरान्ह ३ बजे चुनावी सभा हुनेछ।
सत्ता गठबन्धनले तनहुँको डुम्रेमा बुधबार चुनावी सभा गरेका थिए।
तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराई, चितवन २ मा कांग्रेसकै जीतनारायण श्रेष्ठ र बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनबाट उपनिर्वाचनका लागि उम्मेदवार छन्।