उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन्।
खड्काले बुधबार मन्त्रालय पुगेर कानून मन्त्रीको पदभार ग्रहण गरेका हुन्।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि हेर्दै आएका थिए।
यो मन्त्रालय नेपाली कांग्रेसलाई परेको थियो।
प्रधानमन्त्री दाहालको सिफारिसमा कानून मन्त्रालयको कार्यभार खड्काले सम्हाल्ने गरी तोकिएको थियो।
नेपाली कांग्रेसले आफूले पाएको मन्त्रालयमा पनि मन्त्रीहरू पठाउन ढिलाइ गर्दा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन।