एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले सातौं विकेट लिएको छ। नेपालका लागि सोमपाल कामीले सातौं सफलता दिलाएका हुन्।
यसअघि छैठौं विकेट पनि उनैले लिएका थिए। सोमपालले लगातार दुई बलमा दुई विकेट लिएका छन्। ह्याट्रिक गर्नबाट भने सोमपाल चुके।
४६.२ र ४६.३ ओभरमा सोमपालले खिजर हायत र फित्री सामलाई आउट गरे।
यसअघि पनि सोमपालले एक विकेट लिएका थिए। योसँगै सोमपालको खातामा तीन विकेट भएको छ।
नेपालका लागि ललित राजवंशीले दुई र सन्दीप लामिछाने र गुल्सन झाले एक-एक विकेट लिएका छन्।
मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रन र विरन्दीप सिंहले ४६ रनको योगदान गरे।