मनोनयन दर्ताअघि सञ्चारकर्मीहरूले रविलाई घेरेर केही प्रश्न सोध्न भ्याए ।
सञ्चारकर्मीको प्रश्न मूलतः अदालतमा उनी विरुद्ध दायर गर्न लागिएको पासपोर्ट दुरुपयोगको मुद्दासँग सम्बन्धित थियो । यस विषयमा रविले आफ्नो प्रष्टीकरण मात्रै दिएनन्, आक्रोश र दिक्दारी पनि व्यक्त गरे । आफूले हरेक न्यायिक प्रक्रियालाई स्वीकार्ने र स्वीकार्दै आइरहेको उनले बताए । तर अनाहकमा दुख दिन खोजिएकोप्रति खेद व्यक्त गरे ।
उनले भने- ‘अदालतको पूर्ण पाठमा नै लेखिएको छ कि २०१८ मा त्यागिसकिएको भनेर लेखिएको छ । त्यसलाई पनि कसैले व्याख्या गर्छ भने… यदि यो देशमा म घाँडो नै भएको हुँ भने त मारिदिए पनि भइहाल्यो, त्यो एउटा उपाय त छ नि…अरू त…’