राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन वटै क्षेत्रमा उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। राप्रपाले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी पार्टीबाटै उम्मेदवार टुंगो लगाएको हो। राप्रपा दलका प्रमुख सचेतक एंव प्रवक्ता ज्ञानेन्द्र शाहीले तनहुँ १ मा शोभा गुरूङ र चितवन २ मा जीवलाल पुरी उम्मेदवार हुने बताए। साथै बारा २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ।