काठमाडौं । माइतीघरमा धर्ना बसेका मिटरव्याजपीडितलाई भेट्न आज उपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठ पुगे । पीडितहरूको कुरा सुन्ने क्रममा एक सानी बालिकासँग मन्त्री श्रेष्ठको केहीबेर रोचक सवालजवाफ भयो ।
मिटरव्याजपीडित परिवारकी बालिका आफ्नो आमासँग काठमाडौं आएकी थिइन् । मन्त्रीका अगाडि आमा सुँक्कसुक्क गर्दै रोइरहँदा बालिकाले भने खरो भएर आफ्नो कुरा राखिन् । उनले अड्डा अदालतबाट आफूहरूले न्याय नपाएको बताइन् ।