काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न बैठक बोलाएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि छलफल हुनेछ। प्रधानमन्त्री प्रचण्ड भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारीमा छन्।