काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा चियापान कार्यक्रम गरेका छन्। आफूलाई निर्वाचित गरेकोमा धन्यवाद दिन उनले शनिबार बिहान संघ र प्रदेशका सांसदलाई बोलाएका हुन्।तस्बिर : प्रधानमन्त्री सचिवालय

कार्यक्रममा प्रधानमन्त्री, समामुख, राष्ट्रिय सभा अध्यक्षलगायत शीर्ष नेताहरु पनि सहभागी भएका छन्। पौडेलले चियापान कार्यक्रममा सहभागीलाई धन्यवाद दिए।