काठमाडौं । नेकपा एसनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आर आर क्याम्पसमा खुकुरी बोकेर जाँदा पक्राउ परेका मनोज चन्द आफ्नो कार्यकर्ता भएको स्वीकार गरेका छन् ।
क्याम्पस परिसरमा पत्रकारहरूसँग कुरा गर्ने क्रममा अध्यक्ष पराजुलीले रिबन काट्न कैँची लिएर आएका विद्यार्थीलाई खुकुरी बोकेको आरोप लगाउन नमिल्ने बताए । उनले चन्दले नराम्रो गतिविधि नगरेको दाबी समेत गरेका छन् ।
चन्द आफ्नो संगठन अनेरास्ववियूका स्थायी कमिटी सदस्य रहेको र उनलाई प्रहरीले जबर्जस्ती पक्राउ गरेर लगेको आरोप समेत लगाए । नेकपा एसनिकट युवासंघका उपाध्यक्ष नितेश पौडेल आर आर क्याम्पसका विद्यार्थी भएकाले सो घटनामा उपस्थित भएको उनको भनाइ थियो ।