राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा चार घन्टादेखि केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ।
भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान गर्ने वा नगर्नेबारे निर्णय लिन बैठक बसेको हो।
बैठकमा कार्यसम्पादन समितिका सदस्यहरूले आ-आफ्ना धारणा राखिरहेका छन्।
बैठकमा बोलेका केही नेताहरूले राष्ट्रपति चुनावमा पार्टी तटस्थ बस्नुपर्ने धारणा राखेको एक पदाधिकारीले बताए।
गत फागुन १३ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङले राष्ट्रपतिमा मनोनयन दर्ता गर्दा पनि राप्रपा प्रस्तावक र समर्थक बसेको थिएन।
पार्टीले राजसंस्थाको एजेन्डा लिएकोले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नहुने पक्षमा केही नेताहरूले धारणा राखेका छन्।
राष्ट्रपति चुनावमा के गर्ने भन्नेबारे पार्टीभित्र वृहत छलफल गरी सहमतिमै निर्णयमा पुगिने बताएका छन्।