बैतडीमा जीवन बुडालको शव परिवारले बुझेका छन्।
दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका मृत फेला परेका २५ वर्षीय जीवन बुडालका परिवारले घटना घटेको ११ दिनपछि मंगलबार शव बुझेको प्रहरीले जनाएको छ।
राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल फागुन १३ गते मृत फेला परेका थिए।
उनी सोही दिन बिहान ११ जना साथीहरूसँगै पिकनिक मनाउन गएका थिए। बुडाल सोही दिन राति ९ बजे चौलानी नदीमा मृत फेला परेका थिए।
उनको हत्याको आंशकामा बुडालसँगै पिकनिक गएका १२ जना प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
घटनाको जिल्ला प्रहरी कार्यालय बैतडीको टोलीसँगै प्रदेशको सिआइबीको टोलीले पनि अनुसन्धान गरिरहेको छ। केही दिनअघि प्रहरीले अनुसन्धानको क्रममा घटनाको केही किलोमिटर टाढाबाट बिस्फोटक पदार्थ पनि फेला पारेको थियो।