काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा राष्ट्रपतिमा भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा मतभेद देखिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा जारी कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपतिको विषयमा मतभेद भएको हो।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित केही नेताहरू मतदान गर्नुपर्ने भन्ने पक्षमा देखिएका छन् भने महामन्त्री डा. धवलशम्शेर राणाल र राप्रपा दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही गायत तटस्थ बस्नुपर्ने अडानमा छन्। तर, प्रवक्ता मोहन श्रेष्ठले छलफल जारी रहेकाले पार्टी र कार्यकर्ताको चाहनाअनुसार पार्टीले निर्णय लिने बताए। उनले भने, ‘संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने नीति लिएकै कारण निर्वाचनमा सहभागी भएका छौँ । सरकारमा सहभागी भएका छौँ । राष्ट्रपतिबाट शपथ ग्रहण गरेका छौँ।
राजा मान्ने पार्टी, राष्ट्रपति निर्वाचनमा भोट हाल्ने ? भन्न मिल्दैन ।’ अध्यक्ष लिङ्देनसहित अधिकांश नेता भोट हाल्ने पक्षमा भएकाले बैठकले त्यही अनुसारको निर्णय गर्न सक्ने संकेत पनि गरे। राष्ट्रपतिमा नौ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्। दुवैले यसअघि नै भेटेर भोट मागिसकेका छन्। राष्ट्रपतिमा भोट हाल्ने/नहाल्ने विषयमा राप्रपामा मतभेद राष्ट्रपतिमा भोट हाल्ने/नहाल्ने विषयमा राप्रपामा मतभेद भएको छ।