काठमाडौँ , बैतडी जिल्ला पुचौडी नगरपालिकामा दशकौ पछि एकता ,राष्ट्रिय प्रजातन्त्र र स्वाधिनता को उकालत गर्दै गत बैशाख ३१ गते सम्पन्न स्थानिय तहको निर्वाचनमा एउटा आशाजनक दियो बाल्दै नगरपालिका प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राप्रयुसका केन्द्रीय सदस्य उम्मेदवार तेज बहादु ऐर लगाएतको जुझारू युवा टिमले ईन्ट्रि गरे पछि हिजो कम्निस्टको आकडा मानिएको क्षेत्रमा आज राप्रपा निकट बिधार्थी संगठनबाट पुचौडी बहुमुखी क्याम्पसमा राप्रविंस बाट स्ववियु सभापतिमा राप्रविंस का एकाई कमिटि संयोजक धमेन्द्र बिष्ट रजबारले उमेद्वारी दर्ता गरेका छन। उनको प्रभाव शालि क्षमताले स्ववियु सभापतिमा जित समेत सुनिस्चित रहेको गोविन्द अवस्थिले जानकारि दिनु भएको छ।