काठमाडौँ — फागु पूर्णिमाको अवसरमा रेडियो कान्तिपुरले सोमबार होली कार्यक्रम आयोजना गरेको छ । जावलाखेल चोकस्थित पार्कमा रेडियो कान्तिपुरले लोकप्रिय कलाकारहरुको जमघटमा ‘होली हंगामा’ कार्यक्रम मनाएको हो ।
कार्यक्रममा राजेशपायल राई, शिव परियार, प्रमोद खरेल, कुलेन्द्र विश्वकर्मा, अस्मिता अधिकारी, करिष्मा ढकाल र सुबोध गौतमलगायतका कलाकारको प्रस्तुति रहेको थियो ।
कार्यक्रममा सर्वसाधारणको समेत उल्लेख्य सहभागिता थियो । हरेक वर्ष रेडियो कान्तिपुरले होली कार्यक्रम गर्दै आएको छ । कार्यक्रम रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका थिए ।