बजारमा पाइने रसायनयुक्त रंगले छालामा नराम्रो असर गर्छ । जसले गर्दा छाला पोल्ने, रातो हुने, एलर्जी हुने, इन्फेक्सन हुनका साथै यस्ता रंगले छालालाई सुक्खा र रुखो बनाइदिन्छ । केही उपाय अपनाएर छालालाई हानि हुनबाट बचाउन सकिन्छ ।
होली खेल्दा सकेसम्म हर्बल रंग प्रयोग गर्नुपर्छ । हर्बल रंगले छालालाई नोक्सान गर्दैन । छालाको रोग भएकाले होली खेल्दा विशेष ध्यान पुर्याउनुपर्छ । छालालाई रंगको प्रभावबाट बचाउन सनस्क्रिन वा भिटामिन ‘ई’युक्त क्रिम अथवा मोइस्चराइजर लगाउनुपर्छ । यसो गर्नाले छालामा रासायनिक प्रभाव कम हुने हुन्छ ।