काठमाडौं। रवि लामिछाने र करिश्मा मानन्धरलाई जोडेर आपत्तिजनक अन्तर्वार्ता दिएको आरोपमा पक्राउ परेका डिल्लीराम खनालविरुद्ध काठमाडौं जिल्ला अदालतमा आइतबार अभियोग पत्र दर्ता भएको छ।
सरकारी वकिल कार्यालयले खनालसहित उनको अन्तर्वार्ता लिएर प्रशारण गर्ने न्यु अनलाइन टिभी नामको युट्युब च्यानलका सन्चालक गोकर्ण जोशीलाई पनि प्रतिवादी बनाएको छ।
उनीहरुविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ। खनालले रवि र करिश्मा अमेरिकामा लिभिङ टुगेदरमा रहेको भन्दै अन्तर्वार्ता दिएका थिए।
त्यसपछि करिश्माले साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। खनालले आफूले हल्ला सुनेको भरमा बोलेको बयान दिएका छन्। उनले पीडितको सन्दर्भ जोडिएको आफ्नो अन्तर्वार्ताको छोटो क्लिप टिकटक बनाएर भाइरल बनाइएको पनि उल्लेख गरेका छन्। खनालको अन्तर्वार्ता लिने अनलाइनका सञ्चालक जोशी भने फरार छन्।
nepalpress