नेपाली कांग्रेसको तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेल मत माग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा पुगेका छन्।
काठमाडौंको बसुन्धरास्थित कार्यालयमा पुगेर पौडेलले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका थिए। उक्त भेटमा रास्वपाका उपसभापति डीपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार लगायत सहभागी थिए।
पौडेलसँगै कांग्रेस पार्टी प्रवक्ता प्रकाशशरण महत, रमेश लेखक लगायत पार्टी कार्यालय पुगेका थिए।
रामचन्द्र पौडेललाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गर्ने जनाएको छ। यता नेकपा एमालेको तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन्।
उनलाई क-कसले समर्थन गर्छ भन्ने खुलिसकेको छैन। रास्वपाले पनि राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्छ खुलाइसकेको छैन।