पोखरा । माघ १ गते पोखरामा हवाई दुर्घटनापछि सुस्ताएको हवाई उडान लयमा फर्कन थालेको छ । विमानस्थल नजिकै सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनापछि हवाई यात्रुको चाप ५० प्रतिशत घटेको थियो । तर, आजभोलि हवाई उडानका यात्रु बढ्न थालेका छन् । विमानस्थलको आन्तरिक प्रस्थान विन्दुतर्फ यात्रुको चाप बढ्न थालेको छ । यसमाथि बुधबार बेलुका शौर्य एयरलाइन्सले रात्रिकालीन उडान—सेफ ल्यान्डिङ गरेपछि पोखरामा खुसीयाली छाएको हो ।