काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले आगामी वर्ष श्रीलंकामा आयोजना हुने आईसिसी यू-१९ विश्वकप क्रिकेटमा पुग्न सफल नेपाली टोलीका सदस्यलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।
यूएईलाई ७ रनले हराएर यू-१९ विश्वकपमा ८ वर्षपछि स्थान पक्का गरेपछि क्यानले उक्त घोषणा गरेको हो । नेपाल समग्रमा आठौँपटक यो प्रतियोगिताका लागि छनोट भएको हो ।