बैतडी-मेलौली नगरपालीका-०८ कोटिगाँउ बसन्तपुर लेकका आर्थिक अवस्था नाजुक भएका जगन राम लुहारको उपचारका लागि संकलन गरिएको सहयोग रकम हस्तातरण गरिएको छ। समाजिक सञ्जालबाट सञ्चालन गरिएको आर्थिक सहयोग संकलन अभियान मार्फत प्राप्त भएको रकम हस्तातरण गरिएको हो।
देश तथा बिदेशबाट प्राप्त भएको २ लाख २१ हजार ३२२ रुपैया नेपाली लुहारका परिवारलाई हस्तातरण गरिएको हो। लुहारको पिसाब थैलिको अप्रेशनको लागि आर्थिक सकंलन अभियान सञ्चालन गरिएको थियो।
सहयोग गर्ने सबै सहयोगि हातहरु प्रति लुहारकि श्रिमति जानकी लुहारले धन्यबाद ज्ञापन गर्नु भएको छ। यसरि दुख समस्याका बेला एक अर्कालाई सहयोग गर्नु मानवताको धर्म रहेको स्थानिय बासिन्दाहरुले बताए।
एकले थुकि सुकि सयले थुकि नदि भने जस्तै दुख समस्या परेका बेला यस्ता अभियान सञ्चालन भईरहनु पर्ने स्थानिय बासिन्दाहरुले बताए।