बैतडी-मेलौली नगरपालिका-०९ ले गाबिस हुदाको भवनबाट सेवाहरु दिदै आईरहेको छ। साबिकको बिशालपुर गाबिस हुदाको भवनबाट वडाले आफ्ना नियमित सेवाहरु प्रवाहा गर्दै आईरहेको वडा अध्यक्ष लोकराज भट्टले बताए।
रेडियो मेलौलीको बहस मुलक कार्यक्रम समय सन्द्रर्भमा बोल्दै वडा अध्यक्ष भट्टले गाबिस हुदाको भवनबाट आफ्नो वडाले सेवाहरु सञ्चालन गरिरहेको बताएका हुन। तर वडा अध्यक्ष भट्टले गाबिस हुदाको भवनबाट सेवा दिईरहेको भएपनि पानि परेको बेला भवन चुहिने गरेको बताएका छन।
उनले भने, हामिले नयाँ भवन बनाउनु परेन् त्यसमा हामि लक्कि छौ। गाबिस छदाको भवनहरु छन् यद्यपि पानि परेको बेला भवन चुहिने भएकाले भवन भित्रका कुर्चिहरु यताउता सारेर बस्नपर्ने दुख रहेको बताए।
वडा अध्यक्ष भट्टले एउटा राम्रो प्रशंग सुनाउदै आफु निर्बाचित भएपछि वडा कार्यालयमा स्वागत गरेको दिन आफु बस्ने कुर्सि नै पानिले भिजेको अवस्थामा रहेको बताए।
अहिले नगरपालिकाको तर्फबाट भौतिक संरचनाहरु बनाउनुको लागि आफ्नो वडा प्राथमिकता नपरेको समेत बताए। अन्य वडाका वडा कार्यालय बनेपछि मात्र आफ्नोे वडाको कार्यालय बन्न सक्ने जानकारी दिए।
यस्तै वडाको कार्यालयको लागि फर्निचर, कम्प्युटर र प्रबिधिसगं जोड्ने कुराहरुको नगरपालिकाले ब्यवस्था नगरेको पनि बताए।आफु निर्बाचित भए लगत्तै नगरपालिकासगं वडा कार्यालयमा चाहिने कम्प्युटर, फोटोकपि मेसिन र अन्य आवश्यक समानहरु उपलब्ध गराई प्रबिधिसगं जोड्नको लागि माग फारम भरेका भएपनि अहिलेसम्म उपलब्ध नभएको उनको भनाई रहेको छ।
यसैगरि वडा अध्यक्ष भट्टले वडा पाएको यस बर्षको बजेमा आवश्यक सबै कुराहरु समाबेस गरेको पनि जनाए। वडासगं भएका स्रोत साधनहरुलाई दिगो रुपमा ब्यवस्थित गरेर लैजाने गरि वडाका अन्य जनप्रतिनिधिसगं सल्लाह गरेको पनि जानकारी दिए।
यस बर्ष वडाले महिला स्वयम सेबिका कोस भनेर बजेट छ्ुट्याएको छ। वडामा रहेका ६ महिला समुहलाई दश–दश हजार रुपैया दिई परिचालन गर्ने कामको सुरुवात गरेको पनि वडा अध्यक्ष भट्टको भनाई छ।
यसैगरि बिभिन्न सरोकारवाला पक्षसंग समुन्वय गरि आफ्नो वडामा डडेल्धुराबाट बिद्युत बिस्तार गर्न सफल भएको पनि बताएका छन। आफ्नो वडामा थुप्रै सम्भावनाहरु भएकाले आगामि दिनहरु जनतासगै रहेर जनमुखि काम गर्दै अगाढि बढने प्रतिबद्धता ब्यक्त गरेका छन।