धनगढीः डडेल्धुराबाट चितुवाको हड्डीसहित दुई जना पक्राउ परेका छन्।
अमरगढी नगरपालिका–५ बागबजारबाट चितुवाको हड्डीसहित झाण्डै ४ किलो सहित दुई जनालाई शनिवारराति पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बाजुरा बुढीगंगा नगरपालिका–१० का २६ वर्षीय राजेन्द्र जैसी र खप्तड छेडेदह गाउँपालिका–७ का २७ वर्षीय बीरबहादुर वली रहेका छन्।
सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले चितुवाको हड्डीसहित दुबै जनालाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।