बैतडी-पाटनमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा तर्फको ३ हजार मिटरको दौडमा मेलौली प्रथम भएको छ । मेलौलीकी १४ वर्षीया सुमित्रा चन्दले मेलौली नगरपालिकालाई स्वर्ण दिलाईन् । पञ्चेश्वरकी १७ वर्षीया निर्मला मंगोलाले दोश्रो स्थान हसिल गर्दै पञ्चेश्वरलाई रजत दिलाइन् । दनपाकी १५ वर्षीया बबिता जोशीले तेश्रो स्थान हासिल गर्दै कास्य पद प्राप्त गरेकी छन् ।