रुपन्देही । गुल्मीको इस्मा गाउँपालिका वडा नं १ हस्तीचौरमा आगोमा जलेर ८३ वर्षीया महिलाको ज्यान गएको छ । हस्तीचौर मल्दीकी ८३ वर्षीय पवित्रा खत्री खाना पकाउने क्रममा शरिरमा आगो सल्किएर जलेपछि उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मी जनाएको छ ।
उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकीले जनाएका छन् ।
घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए ।
पाल्पा अस्पतालले औपचारिक मृत्युको घोषणा गरेपछि मृतक खत्रीको रिडीमा अन्त्येष्टिको तयारी गरिएको वडाध्यक्ष खत्रीले बताए । उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।