रुपन्देही । बुधबार राति काठमाडौं बुद्धनगरस्थित घरमा ग्यास लिक भएपछि भएको आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको मुम्बईमा उपचार सुरु भएको छ ।
मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा भर्ना भएर उपचार सुरु भएको उनीसँगै गएका कांग्रेस नेताले जानकारी दिएका छन् । नेता भण्डारीलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन् ।
सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । अस्पताल स्रोतलाई उल्लेख गर्दै खतरामुक्त रहेको बताए ।
शुक्रबार छाला सम्बन्धि २ वटा सामान्य शल्यक्रिया हुने छ । चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो । भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान किर्तिपुर अस्पतालका चिकित्सकहरुले सिफारिस गरेका थिए । भण्डारीको अनुहारमा आगोले पोलेका कारण त्यसले श्वासनलीमा असर पुर्याएको छ ।
सांसद भण्डारीकी ८९ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।