टर्की र सिरियामा सोमबार गएको भूकम्पमा परी ८,७०० भन्दा बढीको मृत्यु भएको छ । यो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । ट
सिरियाली स्वास्थ्य मन्त्रीले सिरियामा मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्न गाह्रो भएको बताए । तर, स्थानीय सञ्चारमाध्यम र उद्धार समूहले २५ सयभन्दा बढी मानिसको मृत्यु भएको बताएका छन् । सरकारको नियन्त्रणमा रहेको क्षेत्रमा १२ सय ५० जनाको मृत्यु भएको छ ।
सिरियाको विद्रोही नियन्त्रित क्षेत्र ह्वाइट हेल्मेटले मृत्यु हुनेको सङ्ख्या १२८० नाघेको बताएको छ । यस्तै, उद्धारकर्ताहरूले दक्षिणी टर्की र उत्तरी सिरियामा मानिसहरूलाई बचाउने प्रयास गरिरहेका छन् । उनीहरूसँगै पीडित परिवार पनि उद्धारमा जुटेका छन् ।