पोखरा । गण्डकी प्रदेश सभाको बैठक १७ दिनपछि बिहीबार (आज) बस्दै छ । प्रदेश सभा सचिवालयका अनुसार बिहीबार दिउँसो १ बजे बैठक बस्ने कार्यतालिका छ ।
आज बस्ने प्रदेश सभामा अघिल्लो सरकारले ल्याएको दुई अध्यादेश टेबल भएको अध्यादेश स्वीकृतका लागि पेस हुने तालिका रहेको सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले बताए ।
‘सुरुमा शून्य समय र विशेष समय रहनेछ,’ सुवेदीले भने, ‘त्यसपछि टेबल भएका अध्यादेश स्वीकृतका लागि प्रदेश सभामा तालिका छ ।’
गण्डकी प्रदेश सभाको पहिलो बैठकमा पूर्व प्रदेश सभा मामिला तथा कानुन मन्त्री विन्दुकुमार थापाले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश टेबल गरेका थिए ।