काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता कायम भएसँगै उनी धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेका हुन् ।
लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पुनःस्थापित गराउने तयारी छ । आजै केन्द्रीय समिति बैठक बसेर उनलाई सभापति बनाउने तयारी गरिएको स्रोतले बताएको छ ।
शुक्रबार बसेको वैठकले डीपी अर्याललाई कार्यवाहक सभापति र पार्टी संसदीय दलको जिम्मेवारी दिएको थियो ।
शुक्रबार नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको मन्त्री र सांसद पद गुमेको थियो ।