सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरिनु प्रतिगमन नभएको बताएका छन्।
‘प्रतिनिधि सभा भंग हुनु प्रतिगमन होइ,’ सोमबार संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘संसदबाट सरकार बन्नु र संसदबाट सरकार ढल्नु प्रतिगमन होइन। अन्यत्र लगेर षड्यन्त्रबाट सरकार ढाल्नु प्रतिगमन हो।’
ओलीले आफू प्रधानमन्त्री हुँदा २ पटक संसद विघटन गरेका थिए।
ओलीभन्दा अघि बोलेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विघटन भएको संसद पुनर्स्थापना भई पाँचै वर्ष चलेको र चुनावबाट नयाँ अधिवेशन सुरू भएको बताएका थिए।



एमाले अध्यक्ष ओलीले त्यसतर्फ लक्षित गर्दै अहिलेको सत्ता गठबन्धन प्रतिगमनतर्फ नजाने पनि बताए।
उनले अहिलेको गठबन्धन राष्ट्रियताको पक्षमा उभिने बताए।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९