
मेलौली न्यूज
पुस १० आईतबार,२०७९
मेलौलीमा देखिएको सामुदायिक द्वन्दका कारण र सर्बसाधारण मानिसमा के कस्तो प्रभाव पर्न सक्छ तथा यसको समाधानका उपायहरु के कस्ता हुनसक्छन भन्ने प्रश्नमा जनक सिंह नेगीको जवाफ ।
सामान्यतया सामुदायिक द्वन्दको मुख्य कारण गलत बुझाइ हुनसक्छ-प्रायजसो कुनै पनि समस्याको वास्तविक कारण नबुझी बिशेष गरेर हरेक समाजका कुनै निहित स्वार्थका व्यक्तिहरुको गलत बहकावमा लागेर सामुदायिक द्वन्द हुनसक्दछ। निहित स्वार्थका व्यक्तिहरुले सोजासाझा जनताहरुलाई आफ्नो पक्षमा आन्दोलन गर्न उक्साउदा जिउधनको गम्भीर क्षति समेत हुनसक्छ। यसकारण सर्बसाधारण जनताले कसैको बहकावमा नलागेर आफ्नो दैनिक काम मा व्यस्त हुनेहो भने द्वन्द्व न्यूनीकरण हुनुकासाथै आफ्नो जिउधनको क्षति हुन बाट समेत जोगिन सकिन्छ। हरेक व्यक्तिको स्वभाव, लक्ष र उद्देश्यहरु फरक फरक हुनसक्छन। यसकारण कुनै नारा (जुलुसमा वा आन्दोलनमा सहभागी हुनुभन्दा पहिले सोजासाझा जनताले हामीलाई कसले किन परिचालित गरिरहेको छ भन्नेकुरा बुझ्न जरुरि हुन्छ। जस्तै मेलौलीमा अस्पताल निर्माणको सवालमा कहाँ कुन ठाउँमा अस्पताल बन्दैछ भन्ने ठुलो कुरो होइन, हामीलाई बिरामी भएको बेला उपचार गर्नको लागि के कस्तो सेवा सिबिधा पाउन सक्छौ त्यो ठुलो कुरो हो।अस्पताल सबैको घर आँगन नहुन सक्छन तर आफु बसेको ठाउँको नजिक बिभिन्न ठाउँमा अस्पताल निर्माण भएका हुन सक्छन र आफ्नो पायक पर्ने ठाउँमा गएर स्वस्थ्य सेवा पाउन सकिन्छ। तर अस्पताल बनाउनै नदिए निहित स्वार्थका मात्र होइनन् कसैले पनि स्वास्थ सेवा लिन बाट बन्चित हुनसक्छन!यसको कारण जिम्मेवार र केहि निहित स्वार्थका व्यक्तिहरु हुनसक्छन जुन सर्बसाधारण व्यक्तिहरुको लागि निकै दुःखद हुनसक्छ।
“अस्पताल सबैको घर आगनमा नहुन सक्छन तर आफु बसेको ठाउँको नजिक बिभिन्न ठाउँमा अस्पताल निर्माण भएका हुन सक्छन र आफ्नो पायक पर्ने ठाउँमा गएर स्वस्थ्य सेवा पाउन सकिन्छ। तर अस्पताल बनाउनै नदिए निहित स्वार्थका मात्र होइनन कसैले पनि स्वास्थ सेवा लिन बाट बन्चित हुनसक्छन ।यसको कारण जिम्मेवार तथा केहि निहित स्वार्थका व्यक्तिहरु हुनसक्छन जुन सर्बसाधारण व्यक्तिहरुको लागि निकै दुस्खत हुनसक्छ”
गलत सुचनाको प्रबाह द्वन्दको अर्को मुख्य कारण हुनसक्छ- समाजमा अलि कम व्यस्त {सोझो अर्थमा भन्दा काम नपाएका} मानिसहरु संग बढी गफ गर्ने समय हुन्छ। यदि उनीहरुले समाजमा गलत सुचना प्रबाह गर्दै हिन्नेहो भने आफ्नो काममा व्यस्त मानिसहरुमा भ्रम सिर्जना हुनसक्छ र गलत सुचनाको आधारमा सोजासाझा जनताहरु बहकिन सक्छन र दुस्खपनी यिनै सोजासाझा जनताले नै पाउछन। यसकारण कसैको बहकावमा लाग्नु भन्दा पहिले सोजासाझा जनताले हामीलाई बहकाउने मान्छे र तिनीहरुका निहित स्वार्थ {जस्तै आर्थिक लाभको आश, चुनावमा भोट पाउने आश, समाजमा हिरो हुनुखोज्ने} आदि हरुलाई चिन्नु जरुरि हुन्छ। गलत सुचनाको प्रबाहलाई न्यूनीकरण गर्नको लागि हरेक समुदायका सर्बसाधारण मानिसहरु विच निष्पक्ष र बलियो सञ्चारहुन जरुरि हुन्छ।सञ्चार भनेको दुइटै समुदायका सदस्यहरूबीच मार्गदर्शन, निर्देशन र सुझावहरू आदानप्रदान गर्ने माध्यम हो। समुदायमा कमजोर सञ्चार प्रणाली भयो भने समूहका सदस्यहरू बीचको जानकारीको सही रूपान्तरणमा समस्या सिर्जना गर्दछ, जसले उनीहरूबीच द्वन्द्व निम्त्याउँछ । तसर्थ, सही सञ्चार गर्न दुईतर्फी सञ्चार प्रणाली हुनुपर्छ। द्वन्द्वरत समुदायमा सबैजना अबूझ मात्र हुन्छन भन्ने होइन हरेक समाजमा सकारात्मक सोच भएका मानिसहरु पनि हुन्छन, उनीहरुले सकारत्मक भूमिका निभाईदियो भने द्वन्द्व समाधान गर्न सकिन्छ। यसको लागि सञ्चारका माध्यमहरुले {जस्तै रेडियो, टेलिभिजन} पनि सकारत्मक भूमिका निभाउन सक्दछन।
त्यस्तै अधिकार प्राप्त व्यक्ति हरुले आफ्नो भूमिका नबुझ्दा समाजमा द्वन्द सिर्जना हुनसक्छ-कुनै सार्बजनिक पदधारण गरेको मानिस कुनै समुदाय, गाउँ वा टोलको मात्र होइन भन्ने कुरा बुझ्न जरुरि हुन्छ।यदि सार्बजनिक पदधारण गरेको व्यक्तिमा यस्तो चरित्र देखियो वा देखायो भने कुनै समुदाय अपहेलित भएको महसुस गर्छ जसका कारण सामुदायिक द्वन्द्व या हिँसा समेत हुनसक्छ।सार्बजनिक पदधारण गरेको मानिस पनि कुनै ठाउँमा घरभई बसेको हुन्छ यो बास्तबिकता हो । तर उसले गरेका सार्बजनिक कार्यहरु आफ्नै गाउँ टोलमा परेपनि उसले गरेका कामहरु आम सर्बसाधारणको लागि ठिक छन वा सार्बजनिक पदधारण गरेको व्यक्ति जुनसुकै ठाउँको भएपनि उसले गर्ने कार्य कुनै समुदायलाई मात्र टार्गेट गरेर वा कुनै गाउँटोल बिषेशका मानिसहरुको दवाबका कारण निर्माण गर्न खोजिदै छन त्यो बुझ्न जरुरि हुन्छ। बिशेषगरेर राजनीतिबाट सार्बजनिक पदधारण गरेको व्यक्तिमा सामाजिक वा पदीय मान सम्मान गुमाउने डर हुन्छ।यसकारण यिनीहरु स्वयं ले द्वन्द्व सिर्जना गरेका पनि हुनसक्छन्ज।स्तै मलाइ भोट दियो भने म यस्तो गरौला उस्तो गरौला भनेका हुनसक्छन वा भविष्यमा हुने चुनावका लागि कुनै समुदायलाई भोट ब्यांक {भोट कमाउने}को रुपमा प्रयोग गर्नको लागि हदै सम्मको अभ्यास गरेका हुनसक्छन।यस्तो प्रवृतिका मानिसले आफ्नो स्वार्थ पुरा गर्ने आशमा कहिले पनि बिकासका काम अगाडी बढाउन दिदैनन्य।स्ता मानिस हरुमा कसैले काम गरिहाले म पछी पर्नेहो कि भन्ने डर हुन्छ।यो कुरा सर्बसाधारणले नबुझेमा र तिनै स्वार्थि मानिसहरुको बहकावमा लागेर आन्दोलनमा सहभागी भएमा दुस्ख पाउने गर्दछन वा द्वन्द्वपिडित वा कुनै भिडन्तमा अंगभंग समेत हुनसक्छन।यसकारण यस्ता गलत सोचका मानिस चिनेर यिनीहरुबाट सर्वसाधारण जनताहरुले बच्नु पर्दछ वा बहकावमा जानु हुदैन।
“कुनै सार्बजनिक पदधारण गरेको मानिस कुनै समुदाय, गाउँ वा टोलको मात्र होइन भन्ने कुरा बुझ्न जरुरि हुन्छ । सार्बजनिक पदधारण गरेको व्यक्ति जुनसुकै ठाउँको भएपनि उसले गर्ने कार्य कुनै समुदायलाई मात्र टार्गेट गरेर वा कुनै गाउँटोल बिषेशका मानिसहरुको दवाबका कारण निर्माण गर्न खोजिदै छन त्यो बुझ्न जरुरि हुन्छ । बिशेषगरेर राजनीतिबाट सार्बजनिक पदधारण गरेको व्यक्तिमा सामाजिक वा पदीय मान सम्मान गुमाउने डर हुन्छ।यसकारण यिनीहरु स्वयं ले द्वन्द्व सिर्जना गरेका हुनसक्छन।जस्तै मलाइ भोट दियो भने म यस्तो गरौला उस्तो गरौला भनेका हुनसक्छन वा भविष्यमा हुने चुनावका लागि कुनै समुदायलाई भोट ब्यांक (भोट कमाउने) को रुपमा प्रयोग गर्नको लागि हदै सम्मको अभ्यास गरेका हुनसक्छन। यस्तो प्रवृतिका मानिसले आफ्नो स्वार्थ पुरा गर्ने आशमा कहिले पनि बिकासका काम अगाडी बढाउन दिदैनन”
बिस्वासको कमि भयो भने पनि द्वन्द्व सिर्जना हुने गर्दछ-जस्तै मेलौलीमा अस्पताल बनाउने सवालमा कुरागर्ने हो भने पुरानो बनिसकेको संरचना यथावत रहन्छ र भएको संरचनामा थप सुधार तथा स्तरोन्नति हुँदै जानेहो भन्ने कुरामा सर्बसाधारण लाइ बिस्वास नहुनु वा बिस्वस्थ पार्न नसक्नु पनि द्वन्द्वको कारण हुनसक्छ।यसकोलागी जिम्मेवार पक्षको मुखबाट स्पष्ट कुरा गरिदियो भने सर्बसाधारण जनतामा फैलिएको भ्रम कम हुनगई द्वन्द्व न्यूनीकरण हुनसक्छ।
“अस्पताल लुछाचुडी गर्ने हरुको मात्र होइन लुछाचुडी गर्ने भन्दा पनि हजारौ सेवाग्राही चुप लागेर बसेका छन।सिमित व्यक्ति हरुको कारण बहुसंख्यक सर्बसाधारण स्वास्थ्य सेवा बाट बन्चित हुँदा यदि बेलैमा द्वन्द्व समाधान गर्न सकिएन भने द्वन्द्वले उग्ररुप लिनसक्छ र बिकासको ठाउँमा बिनाश वा ठुलो जिउधनको क्षती हुनसक्छ”
द्वन्द्वको अर्को कारण स्रोतसाधनको कमि पनि हो । जब स्रोतसाधन सीमित हुन्छन् यसले समूहमा व्यक्तिहरूको चाहना बढाउँछ। सीमित स्रोतहरूले द्वन्द्व उत्पन्न गर्दछ किनभने अभावले मानिसहरूलाई उद्देश्यहरू प्राप्त गर्न अरूसँग प्रतिस्पर्धा गर्न उत्प्रेरित गर्दछ । यसका लागि स्रोत परिचालन गर्न सक्ने गरी व्यवस्थापनले आवश्यक कदम चाल्नुपर्छ। जस्तै अस्पतालकै कुरा गर्ने हो भने पनि अस्पातालमा बिभिन्न बिभाग हुने गर्दछन उदाहरणको लागि Cardiology {मुटुरोग उपचार बिभाग}, Gynecology {महिला रोग तथा प्रसुति बिभाग}, Nephrology {किड्नी रोग उपचार बिभाग}, Neurology {नशा तथा मस्तिष्क रोग उपचार बिभाग}, Oncology {क्यान्सर रोग उपचार बिभाग}, Orthopedics {हाडजोर्नी उपचार बिभाग}, Dentistry {दाँत रोग उपचार बिभाग}, Gastroenterology {पाचन तथा पेटरोग उपचार बिभाग}, Hematology {रगत सम्बन्धि रोग उपचार बिभाग}, Pediatric Department {बालरोग उपचार बिभाग}, Otolaryngology {आँखा,कान तथा नाकरोग उपचार बिभाग}, Urology {पिसाब रोग उपचार बिभाग} आदि। एकै ठाउँमा यी सबै सेवा दिनकोलागी धेरै श्रोत साधन चाहिनसक्छ। यसकारण एकै ठाउँमा मरिहत्ते गर्नु भन्दा बिभिन्न ठाउँमा सेवा प्रदान गर्ने गरि बेवास्थापन गरियो भने पनि द्वन्द्व कमहुन सक्दछ। अस्पताल लुछाचुडी गर्ने हरुको मात्र होइन लुछाचुडी गर्ने भन्दा पनि हजारौ सेवाग्राही चुप लागेर बसेका छन । सिमित व्यक्ति हरुको कारण बहुसंख्यक सर्बसाधारण स्वास्थ्य सेवा बाट बन्चित हुँदा यदि बेलैमा द्वन्द्व समाधान गर्न सकिएन भने द्वन्द्वले उग्ररुप लिनसक्छ र बिकासको ठाउँमा बिनाश वा ठुलो जिउधनको क्षती हुनसक्छ।
कुनैबेला राजनीति वा नेतृत्वतहमा हुने परिवर्तन पनि द्वन्द्वको कारण हुनसक्छ। जस्तै फरक राजनीतिक पार्टीको सरकार बन्यो र बिगतका सरकारका निर्णयहरु स्वीकार गर्न सकिएन वा बिगतका निर्णयहरु वा कार्यहरुलाइ खारेज गरेर आफ्नो राजनीतिक स्वार्थको लागि काम गर्न खोजेमा वा कुनै समुदायले गरेको दबाबका कारण नँया निर्णयहरु गर्न खोजेमा सामुदायिक मात्र नभएर गम्भीर राजनीतिक द्वन्द्व समेत सिर्जना हुनसक्छ, किनभने बिगतका निर्णय वा शन्धि सम्झौताहरु पनि बर्तमान सरकारको जस्तै नीति, नियम, कानुन र अधिकार प्रायोग गरि बनाईएका हुनसक्छन जँहा जनताको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग मिलेको हुनसक्छ। यसकारण बिगतका सहि निर्णयहरु यथावत कार्यान्वयन गर्दै असुन्तुष्ट पक्षका जायज मागहरुलाई ध्यानमा राखी सबैजनताको हितहुने बिगतको भन्दा अझै राम्रो र प्रभावकारी योजनाको नीतिनिर्माण बनाइ कार्यान्वयन गर्न सकियो भने असुन्तुष्ट पक्ष द्वन्द्व गर्नुको सट्टा खुशी हुनसक्छन र नँया नेतृत्वको अगाडी औला ठड्याउनुको सट्टा हृदय देखिनै प्रसंशा गर्न सक्दछन। यसको लागी नेतृत्व र व्यवस्थापन निष्पक्ष, स्पष्ट र कार्यसम्पादन मापदण्डहरू अभिव्यक्त गर्न एकरूप हुनुसक्नुपर्छ।
“फरक राजनीतिक पार्टीको सरकार बन्यो र बिगतका सरकारका निर्णयहरु स्वीकार गर्न सकिएन वा बिगतका निर्णयहरु वा कार्यहरुलाइ खारेज गरेर आफ्नो राजनीतिक स्वार्थको लागि काम गर्न खोजेमा सामुदायिक मात्र नभएर गम्भीर राजनीतिक द्वन्द्व समेत सिर्जना हुनसक्छ, किनभने बिगतका निर्णय वा शन्धि सम्झौताहरु पनि बर्तमान सरकारको जस्तै नीति, नियम, कानुन र अधिकार प्रायोग गरि बनाईएका हुनसक्छन जँहा जनताको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग मिलेको हुनसक्छ। असुन्तुष्ट पक्षका जायज मागहरुलाई ध्यानमा राखी सबैजनताको हितहुने बिगतको भन्दा अझै राम्रो र प्रभावकारी योजनाको नीतिनिर्माण बनाइ कार्यान्वयन गर्न सकियो भने असुन्तुष्ट पक्ष द्वन्द्व गर्नुको सट्टा खुशी हुनसक्छन र नँया नेतृत्वको अगाडी औला ठड्याउनुको सट्टा हृदय देखिनै प्रसंशा गर्न सक्दछन”
(जनक सिंह नेगी सुदुरपश्चिम बिश्वविद्यालयका उप प्राध्यापक हुनुहुन्छ)
By melaulinews