
बैतडीबाट निर्वाचित सांसद भण्डारी मन्त्री बनेको खुसियालिमा बैतडीमा दीप प्रज्वलन गरिएको छ । सांसद दामोदर भण्डारी मन्त्री बनेपछि उनको गृह जिल्ला बैतडीमा खुसियालिमा दीप प्रज्वलन गरिएको अनेरास्वीयु जिल्ला कमिटि उपसचिव सञ्जु भण्डारीले जानकारी दिए ।
खुसियालिमा बैतडीको पाटनमा दिप प्रज्वलन गरिएको उनले बताए । उनका अनुसार दीप प्रज्वलन कार्यक्रममा युवा, विद्यर्थाी बजार व्यवसायी, एमालेका नेता तथा नगरबासीहरुको सहभागियता रहेको थियो । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन गरिएको ८ सदस्यीय मन्त्रीमण्डलमा भण्डारीले मन्त्री पदको शपथ लिएका छन् ।
आज शितल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा मन्त्री भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका हुन् । सोहिको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष समेत रहेका भण्डारीले मन्त्री पदको शपथ ग्रहण गरेपनि मन्त्रालयको भने टुंगो लागेको छैन् भण्डारी मन्त्री भएसंगै जिल्लाको विकासले गति लिने आशा पलाएको छ । बैतडीले पहिलो पटक फुल मन्त्री पाएको हो ।
यस अघि केपि ओली नेतृत्वमा सरकारमा भण्डारी अर्थराज्य मन्त्री भएका थिए । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा चयन भएका थिए ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७