काठमाडौं । नयाँ सरकारमा एमालेले थप ३ जना मन्त्रीको नाम टुंग्याएको छ ।


जसमा प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह र सुदूरपश्चिमबाट दामोदर भण्डारी रहेका छन् ।
राईले ७४ र यो चुनावमा धनकुटामा क्लीनस्वीप गराएका छन् । साह बारा ३ मा गठबन्धनसँग एक्लै लडेर चुनाव जितेकी हुन् । त्यस्तै सुदूरपश्चिममा दुई सीट जितेको एमालेले बैतडीबाट निर्वाचित भण्डारीलाई पनि सरकारमा पठाउने भएको हो ।
एमालेबाट विष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ र रास्वपाबाट रवि लामिछाने उपप्रधानमन्त्री निश्चित भइसकेको छ ।
यी सबै मन्त्रीले प्रधानमन्त्रीसँगै शपथ लिनेछन् ।